काठमाडौं– मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि निर्वाचन आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरे प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।







प्रतिक्रिया