काठमाडौं– गत २४ घण्टामा देशभर २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २४ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
जसमध्ये ४ सय २५ जना संक्रमित काठमाडौं उपत्यकाका हुन् । आज काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ गरी ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, यो अवधिमा १८ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।







प्रतिक्रिया