अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले बढायो २८ प्रतिशत भाडादर

सरकारले बढायो २८ प्रतिशत भाडादर


काठमाडौं– सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै यातायातका साधनमा लाग्ने भाडा वृद्धि गरेको हो । अघिल्लो सरकारको थाप्लोमा दोष हाल्न सजिलो हुने भन्दै रातारात सार्वजनिक यातायातको भाडादर बढाइएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ ।

बढाइएको भाडामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।