काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी गाडी, ल्यापटपलगायतका सम्पूर्ण सरकारी सामग्री फिर्ता गर्नु भएको छ ।
सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि बुधबार ओलीले बालुवाटार छाड्नुभएको थियो । ओलीले बालुवाटार छाडेको केही समयमा नै थापाले गाडीलगायतका सरकारी सामान फिर्ता गर्नुभएको हो ।

२०७६ कात्तिकमा थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त हुनु भएको थियो । थापाले प्रेस सल्लाहकारमा नियुक्त भएपछि बा २ झ १३२१ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आउनुभएको थियो ।







प्रतिक्रिया