अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बालुवाटार जग्गा प्रकरण :

विजय गच्छदार १० लाख धरौटी बुझाएर रिहा

विजय गच्छदार १० लाख धरौटी बुझाएर रिहा


काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेप्नुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा हुनु भएको छ ।

उहाँ विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

लामो समय फरार रहेका उहाँ बुधबार विशेष अदालतमा हाजिर हुनु भएको थियो । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।