अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब उपत्यका आउजाउ गर्न पास नचाहिने

अब उपत्यका आउजाउ गर्न पास नचाहिने


काठमाडौं– अब उपत्यका आउजाउ गर्न पास नचाहिने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । आज बस्ने बैठकले आगामी दिनमा निषेधाज्ञाका बारेमा समेत निर्णय गने छ ।

दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जोरविजोर प्रणालीबाट लामो उपत्यका आजजाउ गर्ने सवारीलाई बिनापास सञ्चालन गर्न दिने तयारी भएको छ ।

उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा सुरु गरिएको थियो।