काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीको विप्लव समहुका महासचिव नेत्रविक्रम चन्द र एमाले नेता माधव नेपालबीच आज बिहान पार्टी एकताका बिषयमा छलफल भएको छ ।
प्रचण्डसँग हिजो मात्र भेट गरेका विप्लव आज माधव नेपालको घरमा भएको पार्टी एकताका बिषयमा छलफल भएको नेपाल निकट एक नेताले जनाउनुभएको छ । प्रचण्डले केपी ओली बाहेकको कम्यूनिष्ट गठबन्धन बनाउन गरेको प्रस्ताव नेपाल र विप्लवले स्विकारे पछि आज औपचारिक भेटघाट भएको हो ।
स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकमा सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने सम्भावना प्रवल छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालबीच भएको भेटघाटमा दल विभाजनका लागि ल्याउने अध्यादेशका बारेमा छलफल भएको छ । ‘दल विभाजनका लागि तपाईंलाई कति प्रतिशत संख्या हुँदा सहज हुन्छ । म त्यही अनुसारको अध्यादेश ल्याइदिन्छु’ भनेर नेपाललाई देउवाले सोधेको स्रोतको भनाइ छ । नेपालले १० प्रतिशतको हाराहारी भएमा आफू एमाले फुटाएर नयाँ पार्टीको हैसियतमा आउन सक्ने बचन दिनुभएको छ ।
एमाले संस्थापन स्रोतले पनि सरकारले भरसक आज वा केही दिन भित्रै पार्टी विभाजनको अध्यादेश ल्याउने दाबी गरेको छ । पार्टीमा सहमतिका लागि गरेको १० बुँदे पनि अब लागु नहुने ति नेताको भनाइ छ । ‘जे का लागि सहमति गरिएको थियो । त्यसको जग नै भत्किसक्यो’ कार्यदलमा भएका एक नेताको भनाइ छ ‘उहाँहरु माधव नेपालबिना एमालेमा गाभिन नसक्ने । माधव नेपाललाई के गर्ने भन्ने बिषयमा हिजै अध्यक्षले स्पष्ट पारिसक्नुभयो ।’
आजको छलफलमा एमालेको सम्भावित फूटको हिसाब किताब गरेर त्यस विरुद्धको रणनीति तय गर्न प्राररम्भिक छलफल भएको छ । सरकारले विश्वासको मत लिनु अघि नै नयाँ पार्टी बनाउने र सो पार्टीले सरकारमा सहभागिता जनाउने गरी विश्वासको मत दिने रणनीति नेपाल समुहको छ । काँग्रेससँग मोर्चा बनाउने र केपी ओली बाहेकका बाँकी कम्यूनिष्ट घटकको पार्टी नै एउटा बनाउने बिषयमा सघन छलफल भइरहेको स्रोतहरुको भनाइ छ ।







प्रतिक्रिया