काठमाडौं, कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएकोमा विरोध गरेको छ ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले बिहीबार विज्ञप्ती जारी गर्दै संसदलाई भूमिकाविहीन बनाएकोमा आपत्तिसमेत प्रकट गर्नुभएको छ ।
प्रदेश सभामा नियमावलीमा प्रदेश सभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आथिर्जक वर्षको व्यय अनुमानको बढीमा एक तिहाइ बजेट सहितको पेश्की खर्च विधेयक ल्याउन पाउने संवैधानिक प्रावधान हुँदा हुँदै अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु गैरसंवैधानिक भएको एमालेको ठहर छ ।







प्रतिक्रिया