अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन


गुल्मी- गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ ।

बिहीबार बिहान ८ बजे नेपाल प्रहरी अस्पताल काठमाडौंमा थापाको निधन भएको गाउँपालिका उपाध्यक्ष मिना भण्डारीले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो ।

एमाले सचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मी दरवार गाउँपालिका र समग्र जिल्लाको विकासमा सक्रिय योगदानका लागि उहाँ सधै सम्मानित रहने बताउनुभएको छ ।