अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बोलाइयो

एमाले संसदीय दलको बैठक बोलाइयो


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएबमोजिम सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आहवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दैछ ।