अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप, काठमाडौं आउन पास नचाहिने

उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप, काठमाडौं आउन पास नचाहिने


काठमाडौं– उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले स्वास्थ्य मापदण्ड अपनाएर छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्नेछन् भने लामो दुरीका सवारी साधनलाई प्रमुख जिल्ला अधिकारीको लिखित वा मौखिक आदेशमा सञ्चालन गर्न दिइएको छ । त्यसका लाथि पास चाहिने छैन ।