काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले संसदीय दलको बैठकमा सहभागी हुने बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सहभागी हुने भूसालको भनाइ छ ।
बैठक शुक्रबार दिउँसो ३ बजेका लागि संसद भवनस्थित लोत्से हलमा बस्नेछ ।
संसद् पुनःस्थापना भएपछिको पहिलो बैठक भएकाले पनि संसदीय दलमा सबैको उपस्थिति आवश्यक रहेको भूसालको भनाइ छ । उहाँले भन्नुभयो, ‘एमाले हामी सबैले बनाएको र यहाँ सम्म ल्याएको पार्टी हो । त्यो पार्टीलाई जोगाउन नै यो हदसम्मको प्रयास भएको अवस्था छ ।’
एमालेको नेपाल पक्षका २३ जना सांसदको समर्थनसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको हो ।







प्रतिक्रिया