काठमाडौं -सत्ताबाट बाहिरिएपछि नेकपा एमालेको स्थायी कमिटी बैठक भोली पहिलो पटक १ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार बैठकमा माधव नेपाल सहितका नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । साविक भन्दा नयाँ ठाउँ ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक आयोजना गरिएको छ ।
बैठकमा पार्टी सरकारबाट बाहिरिएपछि निर्वाह गर्नु भूमिका,पुनस्थापित संसदमा साँसदहरुले निर्वाह गर्नुपर्ने भूमिका लगायतका बिषयमा छलफल हुने भएको छ ।
स्थायी कमिटी बैठक सकिएपछि दिउसो ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्ने भएको छ ।







प्रतिक्रिया