काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलका बैठकहरु आज बस्दैछन् । पर्सी ३ गते देखि संसदको बैठक सुरु हुन लागेको अघिल्लो दिन यी बैठकहरु आयोजना गर्न लागिएका हुन् ।
बिहान ११ बजे स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्दैछ भने संसदीय दलको बैठक बानेश्वरमा बस्ने भएको छ ।
बैठकमा माधव नेपाल सहितका स्थायी कमिटी सदस्यलाई पनि खबर पठाइएको छ । संसदीय दलको बैठकमा पनि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका साँसदहरुलाई पनि बोलाइएको केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले जानकारी दिनुभयो ।







प्रतिक्रिया