अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

लुम्बिनीको प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी


रुपन्देही- लुम्बिनी प्रदेशको प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभा चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रदेशसभाको अधिवेशन अन्त्य भएपछि अध्यादेशबाट बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।

एकजना सांसद बिरामी भएर काठमाडौंमा उपचारका लागि भर्ना भएपछि लुम्बिनीमा बजेट पास हुन नसक्ने भएपछि अधिवेशन अन्त्य गरिएको हो ।

कर्णाली प्रदेशमा पनि पास हुन नसक्ने भएपछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।