काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्नेमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने छ ।
आज प्रधानमन्त्री देउवा बिहान १० बजेतिर सरकारी निवास बालुवाटार सर्ने भएकाले बैठक स्थानबारे भने टुंगो नलागिसकेको पौडेलको भनाइ छ ।
बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने छ ।







प्रतिक्रिया