अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको निर्देशनमा आलम भेट्न कारागार व्यवस्थापन विभागका महानिर्देशक नख्खुमा

गृहमन्त्रीको निर्देशनमा आलम भेट्न कारागार व्यवस्थापन विभागका महानिर्देशक नख्खुमा


काठमाडौं– कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई भेट्नुभएको छ ।

महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार विशेष कक्षमा बोलाएर कुराकानी गर्नुभएको थियो । पोखरेल गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि आलमलाई भेट्न नख्खु पुगेको बताइएको छ ।

नख्खु कारगारका जेलर चिरञ्जीवी गिरीले महानिर्देशक पोखरेल कारगार पुगेको पुष्टि गर्नुभयो ।

उता आलमका समर्थकले रौतहट राजपुरस्थित गाउँमा घटनाका साक्षी धम्काउने र आक्रमण गर्नेसम्म गरेका छन् ।