काठमाडौं– पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।
जिसीलाई शुक्रबार बिहान करिब ४ बजे हृदयाघात भएको प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो ।
जिसीको अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भइरहेको छ । बरालले जिसीको काठमाडौंमा उपचारका लागि लैजाने तयारी भएको पनि बताउनुभएको छ ।
प्रतिक्रिया