काठमाडौं- एमाले कार्यदलमा माधव नेपाल पक्षका सदस्यहरु स्थायी कमिटी बैठकमा सहभागिता जनाउने भएका छन् ।
नेताहरुका अनुसार कार्यदलले अध्यक्ष र महासचिबसँग स्थायी कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आफूहरु बैठकमा जान लागेको एमाले सचिव भीम आचार्यले बताउनुभयो । आचार्यका अनुसार आजको बैठकमा कार्यदलले तयार गरेका १० बुँदाका बारेमा अध्यक्षसँग कुरा गर्ने र सबैलाई समेट्ने गरी अर्को बैठक बोलाउन आग्रह् गर्ने तयारी छ ।







प्रतिक्रिया