अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली भन्नुहुन्छ, ‘संघर्ष र संगठन निर्माण अबको प्राथमिकता’

एमाले अध्यक्ष ओली भन्नुहुन्छ, ‘संघर्ष र संगठन निर्माण अबको प्राथमिकता’


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब संघर्ष र संगठन निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ ।

तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले संगठन निर्माणलाई प्राथमिकता दिने बताउनुभएको हो । प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताउँदै कत्ति पनि नआत्तिएर जनतामा जाने बताउनुभएको हो ।