अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई


काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनले राजदूतमार्फत बधाई तथा शुभकामना दिएको छ ।

राजदूत होउ यान्छीले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना दिनुभएको हो ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो ।

राजदूत यान्छीले कोभिड–१९ महामारी र विकासका क्षेत्रमा नेपाललाई सघाउन चीन तयार रहेको पनि प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।