अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिए

अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिए


काबुल– अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।

एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।

रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्गले घटनाबारे थप जानकारी लिइरहेको बताउनुभएको छ । रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्ग र प्रधान सम्पादक अलेसान्ड्रा गैलोनीले संयुक्त रुपमा जारी गर्नुभएको वक्तब्यमा सिद्दीकी एक असल पत्रकार र परिवारका अभिभावक एवम् सबैले माया गर्ने सहकर्मी रहेको उल्लेख गरेका छन् ।