अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन


गुल्मी– गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष थापाको हिजो विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

२०७७ फागुन २९ गते स्वास्थ्यमा अकस्मात समस्या आएपछि बुटवल हुँदै काठमाण्डौं लगिएको थियो ।

७४ बर्षीय थापा लामो समयदेखि दमको रोगबाट पिडित हुनुहुन्थ्यो । थापा करिब ४ महिनादेखि अस्पताल उपचाररत हुनुहुन्थ्यो ।

उपचार पश्चात गएको असारको १७/१८ तिर गाउँपालिमा आउने तयारी गरिरहँदा अकस्मात स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष थापाको निधनप्रति गाउँपालिकाले दु:ख प्रकट गरेको छ ।

सादगी जीवन, नागरिकप्रति उत्तरदायी भई जनताको सेवामा समर्पित हुँदै समृद्ध गाउँपालिका बनाउने अभियान अधुरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।