अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक सुरु, माधव समूह अनुपस्थित

एमाले संसदीय दलको बैठक सुरु, माधव समूह अनुपस्थित


काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू भने सहभागी भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकको सुरुमै सम्बोधन गर्दै दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का भएर संसदमा प्रस्तुत हुने बताउनुभयो ।

सत्ताबाट ओली बाहिरिएपछि पहिलो पटक एमाले संसदीय दलको बैठक बसेको हो ।