अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २९३६ जनामा कोरोना पुष्टि, १७७५ जना संक्रमणमुक्त

आज २९३६ जनामा कोरोना पुष्टि, १७७५ जना संक्रमणमुक्त


काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्ला २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ४३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।