अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ता खातीद्वारा सर्वोच्चमा शपथग्रहण

महान्यायाधिवक्ता खातीद्वारा सर्वोच्चमा शपथग्रहण


काठमाडौं– महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।

शुक्रबार दिउँसो सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महान्यायाधिवक्ता खातीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गरेपछि उहाँको शपथ सर्वोच्चमा भएको हो ।