अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि तीन दिन देशभर भारी बर्षाको सम्भावना

आज देखि तीन दिन देशभर भारी बर्षाको सम्भावना


काठमाडौं-आज साउन २ देखि ३ दिन साउन ४ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना देखिएकाले विशेष सजगता अपनाउन मौसमविद्ले सबैलाई सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार शुक्रबार रातिदेखि नै वर्षाको मात्रा बढिसकेको छ, कतिपय स्थानमा अति भारी वर्षासमेत भएको छ।

उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिकै आएर बसेको छ। जसका कारण २३ दिन वर्षाको मात्रा बढ्ने देखिएको हो।

मौस पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छस् पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।