काठमाडौं– प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी हुने भएसँगै दुई जना मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरूमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुमार सिंह कुशवाहा हुनुहुन्छ ।
राज्यमन्त्री कुशवाहले आफूले स्वेच्छाले राजीनामा दिएको बताउनुभयो । उहाँले माओवादीलाई सरकारमा जान मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिएको जानकारी दिनुभयो ।
प्रदेशस्थित माओवादी संसदीय दलका नेता भरत साहको नेतृत्वमा आज माओवादी सरकारमा सहभागी हुने तयारी छ । माओवादीका तर्फबाट साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने सहमति छ ।







प्रतिक्रिया