अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकताको पहल रोकिएन, विघटित कार्यदल बैठक सिंहदरवारमा

एमाले एकताको पहल रोकिएन, विघटित कार्यदल बैठक सिंहदरवारमा


काठमाडौं– एमालेका दोस्रो तहका नेताहरुले एकता पहल जारी राखेका छन् ।

एमाले एकताका लागि बनाइएको तर विघटित कार्यदलको बैठक सिंहदरबारमा बसेको छ । बैठक एमाले संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि बैठक भएको हो ।

बैठकमा विष्णु रिमाल र शंकर पोखरेलबाहेक कार्यदलका अन्य सबै सदस्य उपस्थित हुनुहुन्थ्यो । कार्यदलमा नरहनुभएका सचिव पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुनुभयो ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरेसँगै शुक्रबार कार्यदल विघटन गरिएको थियो।