धनुषा– प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएको छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र राज्यमन्त्रीमा सरोज सिंह कुशवाहाको ठाउँमा माओवादीका रुवी कर्णले जिम्मेवारी सम्हाल्नु हुने भएको हो ।
माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका आन्तरिक मामिला तथा सञ्चारमन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिनुभएको छ ।
यादवले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गर्दै आए पनि पछिल्लो समयमा कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाएर आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको छ।
राजीनामा दिएका मन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ समेत गरिसक्नुभएको छ ।
माओवादीबाट मन्त्री बन्ने साह र राज्यमन्त्री कर्णले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ।







प्रतिक्रिया