अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी भोलि, केन्द्रीय कमिटी पर्सि

एमालेको स्थायी कमिटी भोलि, केन्द्रीय कमिटी पर्सि


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि ११ बजे बस्ने भएको छ । यसैगरी, पर्सि चार गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले केन्द्रीय कमिटीको पेश हुने एजेण्डा तय गर्नेछ । यसैगरी, पार्टीको आन्तरिक राजनीति र भोलिदेखि सुरु हुने संसदमा पार्टीको भूमिकाको बारेमा छलफल हुने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा पनि थप छलफल गर्नेछ । कार्यदलको प्रतिवेदनका आधारमा पार्टीलाई एकतावद्ध गरेर लैजान संस्थापन पक्ष कति लचिलो हुने विषयमा पनि साझा धारणा तय गरिने एक नेताले जानकारी दिनुभयो ।