काठमाडौं– नेपाली कांग्रेसले आकस्मिकरूपमा पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।
एक नेताका अनुसार पूर्वपदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुनेछ ।
कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण भएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । समितिले एक महिनादेखि गौशालास्थित नेपाल-भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।
समिति सदस्य घिमिरेले सिन्धुपाल्चोकका नेता मोहन बस्नेतको निर्देशनमा आफूमाथि कुटपिट भएको आरोप लगाउनुभएको छ ।







प्रतिक्रिया