अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौं– नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादीले आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाएको हो ।

एक सांसदका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुनेछ ।