काठमाडौं– गत २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, सो अवधिमा कोरोनाबाट २१ जना मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।







प्रतिक्रिया