काठमाडौं– नेपाली कांग्रेसको १४ औँ अधिवेशनमा अर्जुनप्रसाद रिजालले भरतपुर महानगरपालिकाको सभापतिको उम्मेदवारी दिनुहुने भएको छ । रिजालले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको सभापतिमा उम्मेदवारी दिनुहुने भएको हो ।
सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफूले राख्ने बताउँदै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘आजको युग विचार दृष्टिकोणको युग भएकाले पार्टीलाई व्यक्तिको नभइ विधिले सञ्चालन गर्नुपर्ने भएकाले आफूले सबैलाई मिलाएर लैजान सक्छु । त्यसैले स्वभाविक रूपमा मेरो पनि सभापतिमा दाबी रहन्छ । मैले चुनाव पनि जित्छु ।’
रिजालले अधिवेशनहरूमा व्यक्ति नभइ विचारबीच प्रतिस्पर्धा हुने भएकाले बहुमतको बिचारलाई मन पराउने भएकाले त्यही विचार र कार्य निर्देशबाट पार्टी सञ्चालन गर्ने दाबी गर्नु भएको छ । महाधिवेशन भनेको केवल नेतृत्व छनौट मात्र नभइ एउटा नीतिगत बहस र छलफल गर्ने स्थल पनि भएको रिजाले बताउनुभयो ।
यस्ता छन् रिजालका प्रतिबद्धता :
-लोकतान्त्रिक आचरण
-वैधानिक तवरले पार्टी सञ्चालन
-व्यवहारमानै समावेशीकरण
-कार्यक्रममा नियमितता
-जनसरोकार एंव विकास निर्माण कार्यमा
कृयाशिलता
-विपक्षी संगठनसँग कडा प्रतिवाद
-गुटबन्दीलाई निस्तेज
-मूल्यांकन/ सम्मान
-न्यायोचित निर्णय
-आर्थिक पारदर्शीता







प्रतिक्रिया