अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ : एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथग्रहण

प्रदेश-२ : एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथग्रहण


जनकपुरधाम– नेकपा माओवादी केन्द्र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लिँदै प्रदेश २ सरकारमा सहभागी भएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्ण राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।

नव नियुक्त मन्त्री र राज्यमन्त्रीले मधेस भवनमा शनिबार अपराह्न एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले र राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री राउतले सपथ दिलाउनुभयो ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहनुभएका सरोज सिंह कुशवाहाले शनिबार राजीनामा दिनुभएको थियो ।

योसँगै मुख्यमन्त्री राउत मन्त्रिमण्डल १२ सदस्यीय भएको छ ।