झापा– सर्वोच्च अदालतको फैसलाविरुद्ध झापामा बृहत विरोध र्यालीको आयोजना गरिएको छ । सयौँ युवाहरूले मोटरसाइकल र्याली गर्दै सर्वोच्चको फैसलाको विरोध जनाएका हुन् ।
काँकरभिट्टादेखि दमकसम्म निकालिएको मोटरसाइकल र्यालीमा युवाहरूले प्रधानन्यायाधीशको मनपरी फैसलाविरुद्ध नारावाजी गरेका थिए । न्यायालयले गरिरहेको राजनीतिक तथा दलीय आत्मसमर्पणवादविरुद्ध युवाहरू सडकमा निस्किएका हुन् ।
नेपाल खेलकुद महासंघको आयोजनामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । युवाहरूले जिल्लाका मुख्य बजारमा कोणसभा गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नारावाजी गरेका थिए । उनीहरूले न्यायालयले नै फोहोरी राजनीति गरेको आरोप लगाएका छन् ।







प्रतिक्रिया