अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज १६१ मा कोरोना पुष्टि, ४६९ जना डिस्चार्ज

प्रदेश १ मा आज १६१ मा कोरोना पुष्टि, ४६९ जना डिस्चार्ज


विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

निको हुनेमा २०५ महिला र २६४ पुरुष छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक/एक र प्रदेश बाहिरका तीन रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।