काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गर्नु भएको छ ।
महान्यायाधिवक्तामा नियुक्त भएसँगै उहाँले सो पदबाट राजीनामा दिनुभएको थियो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले खातीको राजीनामा आज स्वीकृत गरेको जानकारी दिनुभयो ।







प्रतिक्रिया