अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जयनगर-जनकपुर रेल्वे ट्र्याकमा भोलि ‘स्पीड’ परीक्षण गरिने

जयनगर-जनकपुर रेल्वे ट्र्याकमा भोलि ‘स्पीड’ परीक्षण गरिने


काठमाडौं– जनकपुर-जयनगर रेलको आइतबार परीक्षण गरिने भएको छ । रेल सञ्चालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणिकरण गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमार्फत् सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी दिनुभयो । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ । ‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।

‘आइतबार रेल्वे ट्रयाक वरपरका नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैँसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिन्छ,’ महाप्रबन्धक भट्टराईले उल्लेख गर्नु भएको छ ।

उहाँले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने छ ।