अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुनर्स्थापित संघीय संसदको अधिवेशन आजदेखि, के छन् कार्यसूची ?

पुनर्स्थापित संघीय संसदको अधिवेशन आजदेखि, के छन् कार्यसूची ?


काठमाडौं– पुनर्स्थापित संघीय संसदको पहिलो बैठक आज बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो चार बजे बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको आजको बैठकमा  चारवटा कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपतिबाट संसद अधिवेशन आह्ववान सम्बन्धि पत्र पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद गठन सम्बन्धी पढेर सुनाउने कार्यसूची छन् । यसैगरी प्रतिनिधसिभा नियमावली अनुसार अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्नुहुने र अघिल्लो संसद बैठकदेखि हालसम्म निधन भएका १२ जना पूर्व सांसदहरुको सम्झनामा श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।