काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक आइतबार बिहान बोलाइएको छ ।
बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक आयोजना गरिएको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखिएको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका नेताहरुले आज बिहान नेता माधव नेपाललाई भेट्ने कार्यक्रम छ । नेपाललाई भेटेर १० बुँदेको कार्यन्यवनमा इमान्दार भइदिन,विपक्षीहरुसँगको भेटघाट कम गर्न,पार्टीका नेताहरुसँगको भेटघाट बढाउन र बैठकमा सहभागिता जनाउन आग्रह गरिने विघटित कार्यदलकाा एक सदस्यले जानकारी दिनुभयो ।
आजको बैठकले समसामयिक राजनीतिक परिस्थितीको विष्लेषणका साथै भोलि देखि हुने केन्द्रीय कमिटीका बैठकका एजेण्डा तय गर्नेछ ।







प्रतिक्रिया