काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमा नै देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनै पर्छ ।







प्रतिक्रिया