काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
बिहान ११ बजेदेखि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा एमालेको माधव नेपाल समूह भने आएन । आजको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखिए पनि सम्भव भएन ।
स्थायी कमिटी बैठकले पार्टीको आगामी रणनीतिबारे छलफल गर्नेछ ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषणका साथै भोलि देखि हुने केन्द्रीय कमिटीका बैठकका एजेण्डा तय गर्नेछ ।







प्रतिक्रिया