अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निराश हुँदै शंकर पोखरेलको निष्कर्ष, ‘तीन महिनाको मेहनत खेर गयो’

निराश हुँदै शंकर पोखरेलको निष्कर्ष, ‘तीन महिनाको मेहनत खेर गयो’


काठमाडौं- एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको तीन महिनाको मेहनत खेर गएको बताउनुभएको छ ।

कार्यदलले तयार गरेको १० बुँदे प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेसँगै तीन महिनाको मेहनत खेर गएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

कार्यदलले आइतबार कोटेश्वरस्थित निवास माधव नेपालसँग भेट गरेको थियो ।