काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू नेकपा एमालेमा नरहने बताउनुभयो ।
‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।







प्रतिक्रिया