अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई मत दिने सांसदलाई कारबाही गर्ने एमाले स्थायी कमिटी निर्णय

देउवालाई मत दिने सांसदलाई कारबाही गर्ने एमाले स्थायी कमिटी निर्णय


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिने सांसदहरू एमालेमा रहन नसक्ने एमाले स्थायी कमिटीले निर्णय गरेको छ ।

पार्टीको निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सो जानकारी दिनुभएको हो ।

‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।