अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विभाजन गराउने उद्देश्यले आजै विश्वासको मत लिने निर्णय गरियो : प्रदीप ज्ञवाली

एमाले विभाजन गराउने उद्देश्यले आजै विश्वासको मत लिने निर्णय गरियो : प्रदीप ज्ञवाली


काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीको आज बसको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।

एमालेले देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ ।

पार्टीको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिनुभयो ।

‘माधव नेपालले अरु कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनु भयो । सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उहाँले भन्नुभयो, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । उहाँ अब एमालेमा रहनुहुन्न ।’