काठमाडौं– नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिनुहुने भएको छ ।
उहाँको सचिवालयका अनुसार सांसद भट्टराईले देउवालाई विश्वासको मत नदिनुहुने भएको हो । देउवाले आज अपरान्ह ४ बजे संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ ।
सांसद भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने कुरामा भने साथ दिनुभएको थिएन । देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपति समक्ष पेश गरको दावीमा पनि योगेशले हस्ताक्षर गर्नु भएको थिएन ।







प्रतिक्रिया