अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी


काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाका आजको बैठकमा उपस्थित हुन आफ्ना सबै सांसदलाई ह्वीप जारी गरेको छ ।

आज संस्दमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएकाले कांग्रेसले आफ्ना सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेको हो ।

संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्वीप जारी गरेको हो ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ ।